Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

पक्राउ परे डिल्लीराम खनाल : करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोप

पक्राउ परे डिल्लीराम खनाल : करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोप

  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 402
    SHARES

  • पक्राउ परे डिल्लीराम खनाल : करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोप

    काठमाडौं । कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ। काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिनुभयो ।

    आफूलाई मानहानी गरेको भन्दै मानन्धरले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिनुभयो । एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए।

    उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै मानन्धरले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।  कोभिड महामारीको समयमा पनि खनाल प्रहरी नियन्त्रणमा परेका थिए।


    शुक्रवार, फाल्गुण ५ २०७९१२:३७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij