काठमाडौं। नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ। बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एकरुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो।
बागमती प्रदेशमा आजबाट लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको भरी सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ मात्रै पर्नेछ । निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताउनुभयो।
सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर १०० गरेर दुई हजार १०० सय धरौटी तोकिएको भण्डारीको भनाइ छ। उद्योगले कुनै विकल्प नदिइ उद्योग बन्द गरेमा वा उपभोक्ता बसाँइ सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने छ । तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वनय हुने संघले जनाएको छ।