Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सांसद चन्द्र भण्डारीलाई मुम्बई लगियो, साथमा चिकित्सकको टोली पनि

सांसद चन्द्र भण्डारीलाई मुम्बई लगियो, साथमा चिकित्सकको टोली पनि

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 392
    SHARES

  • सांसद चन्द्र भण्डारीलाई मुम्बई लगियो, साथमा चिकित्सकको टोली पनि

    काठमाडौं। ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। केहिबेर अगाडी सांसद डा. भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।

    भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार हुने छ।भण्डारीलाई मुम्बईसम्म पुर्‍याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल एयर इभ्याक्युएसन टोली संलग्न छ ।

    सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारीको नेतृत्वको मेडिकल टिमले यात्राभर भण्डारीको निगरानी राख्ने छ ।चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो।

    भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले बिहान नै सिफारिस गरेका थिए ।


    बिहिवार, फाल्गुण ४ २०७९०४:१६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij