Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना महामारीका कारण सुस्ताएका संसदीय समितिहरु फेरी सक्रिय

कोरोना महामारीका कारण सुस्ताएका संसदीय समितिहरु फेरी सक्रिय

  • शुक्रवार, आश्विन २ २०७७

  • 1.1K
    SHARES

  • कोरोना महामारीका कारण सुस्ताएका संसदीय समितिहरु फेरी सक्रिय

    काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण केही समय सुस्ताएका संघीय संसद अन्तर्गतका समितिहरु फेरी सक्रिय भएका छन् । कोरोना महामारी शुरु भएको केहीसमयपछि सक्रिय भएका संसदीय समितिहरु काठमाडौमा निषेधाज्ञा लागुभएपछि सुस्ताएका थिए ।

    अहिले काठमाडौमा खुकुलो व्यवस्था गरिएसँगै एकैदिनमा तीन ओटा संसदीय समितिहरुको बैठक बोलाइएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक दिउसो १२ बजेपछि बस्ने तय भएको छ ।

    त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि संघीय संसद सचिवालयमा दिउसो १ बजेपछि बस्ने सचिलायले जानकारी दिएको छ । सचिवालयले अन्य समितिहरुको बैठकहरु पनि बस्ने तयारी भइरहेको र संसदीय समितिहरु सक्रिय हुन थालेको जनाएको छ ।

     


    शुक्रवार, आश्विन २ २०७७०९:४५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij