काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीलाई दिउँसो २ बजेपछि मुम्बइ लगिने भएको छ। हिजो ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उहाँकी आमा गम्भीर घाइते हुनुभएको थियो।
हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित श्री एयरलाइन्सको विमानमार्फत मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।
स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जनाएका छन् । सांसद भण्डारीकी आमाको भने विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।