Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्वासनलीमा जलन भएकाले अक्सिजन दिएर आइसीयुमा उपचार भइरहेको छ : डाक्टर नकर्मी

स्वासनलीमा जलन भएकाले अक्सिजन दिएर आइसीयुमा उपचार भइरहेको छ : डाक्टर नकर्मी

‘नेपालमा संभव नभए थप उपचारका लागि विदेश लग्न सकिन्छ’
  • बिहिवार, फाल्गुण ४ २०७९

  • 535
    SHARES

  • स्वासनलीमा जलन भएकाले अक्सिजन दिएर आइसीयुमा उपचार भइरहेको छ : डाक्टर नकर्मी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । गएराति करिव १० बजेतिर घर काठमाडौंको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएको हो । भण्डारी र उहाँकी आमा दुवैजनाको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।

    उपचारमा संलग्न डाक्टर किरण नकर्मीका अनुसार दुवैजनालाई गम्भिर जलन रहेको बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डाक्टर नकर्मीले भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेकाले आमाको अवस्था भने जटिन रहेको बताउनुभयो ।

    दुवै जना बोल्न सक्ने अवस्थामा भए पनि स्वासनलीमा जलन भएकाले समस्या हुने खतरा बढेकाले अक्सिजन दिएर आइसीयुमा राखेर उपचार भइरहेको बताउनुभयो ।

    बन्द कोठामा ग्यास लिक भएर सल्किएको हुन सक्ने उपचारमा संलग्न डाक्टरको अनुमान छ । उपचारमा कुनै पनि कसर बाँकी नराखेको र उहाँहरुको उपचार एक डेढ महिनासम्म चल्ने पनि डाक्टर नकर्मीको भनाइ छ ।


    नेपालमा संभव नभए मुम्बइमा लगेर थप उपचार गरिने पनि डाक्टर नकर्मीले बताउनुभयो ।


    बिहिवार, फाल्गुण ४ २०७९०७:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij