Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

  • बुधवार, फाल्गुण ३ २०७९

  • 440
    SHARES

  • मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ ।
     
    बुधबार(आज) दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले आयोगलाई बलियो बनाउने बताउनुभएको हो ।
     
    बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधन स्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ भन्ने कुरा मापन हुन्छ । तसर्थ, आयोगलाई शक्तिशाली र साधन स्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठुलो महत्त्व र भूमिका छ ।’
     
    आयोगका सातै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
     
    ‘राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा म पूरै गम्भीर छु । आयोगका ७ वटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्छ ।’
     
    बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधन स्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको भन्दै मानवअधिकार आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
     
    छलफलमा प्रधानमन्त्री प्रचण्डले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनाबद्ध रूपमा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।


    बुधवार, फाल्गुण ३ २०७९०३:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij