Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

स्कुल कप आमन्त्रित फुटबलमा एपीएफ, पुलिस र राराहिलको जित

स्कुल कप आमन्त्रित फुटबलमा एपीएफ, पुलिस र राराहिलको जित

  • मंगलवार, फाल्गुण २ २०७९

  • 365
    SHARES

  • स्कुल कप आमन्त्रित फुटबलमा एपीएफ, पुलिस र राराहिलको जित

    काठमाडौं। सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा आजको खेलमा एपीएफ, पुलिस र राराहिल ले जित हासिल गरेका छन्। प्रतियोगिताको सातौ दिन सम्पन्‍न खेलहरुमा आयोजक विद्यालय नेपाल एपीएफ स्कुलले ग्रिन भिलेज सकेण्डरी स्कुललाई ६ शुन्यको फराकिलो गोल अन्तरले पराजित गर्यो ।

    नेपाल एपीएफ स्कुलको तर्फबाट डम्बर वि.क. ३, विकास बोहोरा २ र दिपेश गुरुङ्गले १ गोल गरेका थिए। राराहिल मेरोरियल स्कुलले हारति शिक्षा मन्दिरलाई ५ शुन्य गोल अन्तरले पराजित गर्यो ।

    राराहिल स्कुलको तर्फबाट सुसाङ्क खड्का, सुदिप बस्नेत, एड्रिन थापा, मनोज वलीले समान एकएक गोल गरेका थिए भने १ आत्मघाति गोल भएको थियो ।आजै सम्पन्न तेस्रो खेलमा नेपाल पुलिस स्कुल साँगाले नेक्सस ईन्टरनेशनल एकेडेमीलाई २ शुन्यको गोल अन्तरले पराजित गर्यो।

    नेपाल पुलिस स्कुलको तर्फबाट पदम चौलागाई र राम थामीले एकएक गोल गरेका थिए ।त्यसैगरी भोली बुधबार हुने लिग चरणका खेलहरुमा ल्याब्रेटोरी माध्यमिक विद्यालयले कीर्तिपुर विरुद्ध सैनिक आवासिय महाविद्यालय, भक्तपुरले प्रतिष्पर्धा गर्ने छ।

    यस्तै मोर्डन ईन्डियन स्कुल चोभारविरुद्ध पुष्पाञ्जली सेकेण्डरी स्कुल गोदावरीले प्रतिस्पर्धा गर्दा ब्लुम नेपाल स्कुल, ललितपुर विरुद्ध क्रियटिभ एकेडेमी, कीर्तिपुरले खेल्नेछ, भने नेपाल एपीएफ स्कुल कीर्तिपुर विरुद्ध राराहिल मेमोरियल स्कुलले खेल्नेछ ।


    मंगलवार, फाल्गुण २ २०७९०५:०७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij