काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदीप अधिकारी उनकी पत्नी सम्झना र छोरा सुशान्तको शव परीक्षणको विस्तृत रिपोर्ट आएको छ ।
भदौ २६ गते साँझ मृत फेला परेका आमा–छोरा र सुदीपको मृत्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।
भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको शव परीक्षण रिपोर्टअनुसार छोराको टाउकोमा चारवटा चोट र सुशान्तको टाउकोमा तीन पटक दाउले हिर्काएको चोट देखिएको छ । सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट देखिएको छ ।
पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले सुदीपले २४ घण्टाअघि श्रीमती र छोराको हत्यापछि आफूले विष खाएर आत्महत्या गरेको निष्कर्ष निकालेका छन् ।