Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रविप्रति चित्र बहादुरको गम्भीर आरोप, अमेरिकाले नेपालमा पार्टी नै खोलेर चलेखल सुरु गरेको दावी

रविप्रति चित्र बहादुरको गम्भीर आरोप, अमेरिकाले नेपालमा पार्टी नै खोलेर चलेखल सुरु गरेको दावी

  • मंगलवार, फाल्गुण २ २०७९

  • 466
    SHARES

  • रविप्रति चित्र बहादुरको गम्भीर आरोप, अमेरिकाले नेपालमा पार्टी नै खोलेर चलेखल सुरु गरेको दावी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा पार्टी नै खोलेर अमेरिकाले चलखेल सुरु गरेको टिप्पणी गर्नु भएको छ ।


    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “अमेरिकाले नेपालमा पार्टी नै खोलेर हस्तक्षेप सुरु गरेको छ, यसले नेपालको भविश्य अफ्ट्यारो अवस्थामा पुगेको देखाउछ ।”


    पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले अमेरिकाको डिजाइनमा उनीहरुले काम गरिरहेको आरोप पनि लगाउनु भयो ।
    उहाँले भन्नुभयो, “रवि लामिछानेलाई कस्ले चलाएको छ, कसरी परिचालित छन भन्ने बारेमा कसैले बोलेको छैन, कसैले बोल्न सकेको छैन ।”


    दुई देशको नागरिकता बोकेर हिडेको मान्छेलाई यो देशमा गृह मन्त्री सम्म बनाईयो भन्दै उहाँले लामिछानेप्रति आशंका व्यक्त गर्नुभयो ।


    लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बोक्नु अर्को दुर्भाग्य भएको जनमोर्चा अध्यक्ष केसीको भनाई छ । उहाँले भन्नुभयो, “रविजीलाई खड्कप्रसाद ओलीजीले अझै पनि गृह मन्त्री नै बनाईरहनु पर्छ भनेर प्रयत्न गरिरहनु भएको छ, यो धेरै रहस्यमय र डरलाग्दो कुरा छ ।”

     


    मंगलवार, फाल्गुण २ २०७९०९:२०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij