काठमाडौं। कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) विरुद्ध लगाईने फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ।पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप आज बिहान काठमाडौं ल्याइएको हो।
सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।
विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ। छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ.७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।