काठमाडौं । नेपाली मौलिक लोक दोहोरी गीत ‘रित्तो झोला’ बजारमा आएको छ । गायक रमेशबाबु थापाको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो ।
उक्त गीतमा कुशल बेलवासेको, शब्द र संगीत रहेको छ भने रमेशबाबु र लक्ष्मी थापाको आवाज रहेको छ ।
गीतको भिडियोमा शिशिर पौडेल र दिव्यानी ओलीको अभिनय देख्न सकिन्छ । गीतको छायांकन करण चैसिरले गर्नुभएको हो भने निर्देशन रमेशबाबु स्वमम्ले गर्नुभएको छ ।