एजेन्सी । चीनले आफ्ना सैनिकलाई नजिस्काउन भारतलाई चेतावनी दिएको छ । भारतलाई आफ्ना गलत हर्कत तत्काल सुधार्न र चिनियाँ सेनालाई जिस्काउन बन्द गर्न चीनले चेतावनी दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हालै चीन–भारतबीचको वास्तविक नियन्त्रण रेखा एलओसीमा संघर्ष हुनुमा भारत जिम्मेवार रहेको बताएको बिबीसीले जनाएको छ ।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सकाअनुसार विदेश मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा प्रवक्ताले पहिले भारतले दुई पक्षीय सहमतिहरुको उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भारतीय सैनिकले अवैध तरिकाबाट सीमा पार गरेर चिनियाँ सैनिकलाई जिस्काएको दाबी गरेका छन् ।
यसअघि, भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदमा सीमा क्षेत्रको तनावबारे आफ्नो धारणा राख्दै चीनले सीमा उल्लंघन गरेको आरोप लगाएका थिए ।