Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

दक्षिण कोरियाली उच्च अधिकारी नेपाल आउँदै

दक्षिण कोरियाली उच्च अधिकारी नेपाल आउँदै

  • आइतवार, माघ २९ २०७९

  • 537
    SHARES

  • दक्षिण कोरियाली उच्च अधिकारी नेपाल आउँदै
    काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहकार जाङ सङ मीन आज नेपाल आउँदै हुनुहुन्छ। 
     
    जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव हुनुहुन्छ । उहाँ कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आउनुभएको छ। 
     
    जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई सहयोग गर्दै आउनुभएको छ। आज अपराह्न जाङसहितको कोरियाली प्रतिनिधि मण्डल काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। 
     
    नेपाल बसाईका क्रममा जाङले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला पौड्याल, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग भेट गर्ने कार्यक्रम छ। उहाँको राजनीतिक भेटघाट भोलि दिनभर हुनेछ।
     
    जाङ नेतृत्वको टोली मंगलबार बंगलादेश प्रस्थान गर्ने परराष्ट्रका एक अधिकारीले जानकारी दिनुभयो। 


    आइतवार, माघ २९ २०७९०२:४९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij