Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • बिहिवार, आश्विन १ २०७७

  • 1.4K
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं ।मन्त्रिपरिषद् बैठक आज मध्यान्ह : वस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाउनु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजे बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ।

    सरकारले संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न खाले सम्मान दिने घोषणा गर्ने भएकाले त्यसको सिफारिसका लागि बैठक बस्न लागेको श्रोतले बताएको छ ।

    उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्छ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ। गत वर्ष सरकारले संविधान दिवस(असोज ३)का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न खाले सम्मान र पदक दिने घोषणा गरेको थियो।।





    बिहिवार, आश्विन १ २०७७०९:३३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij