Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने

  • सोमवार, माघ २३ २०७९

  • 721
    SHARES

  • सुदूरपश्चिमका मुख्यमन्त्री रावलले माघ २५ गते विश्वासको मत लिने
    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले  माघ २५ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री रावलले विश्वासको मतका विषयमा आन्तरिक छलफल सुरु गरेका नेताहरूले जनाएका छन्। 
     
    मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएपछि सभामुख भीम भण्डारीले माघ २५ गते बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक बस्नेगरी तयारी गर्नुभएको छ। 
     
    पुस २७ गते, बुधबार मुख्यमन्त्री नियुक्त हुनुभएका रावल १ महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने अवस्थामा हुनुहुन्छ। सरकार गठनका बेला समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने आशंकाका कारण रावलले विश्वासको मत लिने मिति धकेलिँदै आएको हो। 
     
    ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको मत आवश्यक हुन्छ। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन रहेको थियो।  


    सोमवार, माघ २३ २०७९०६:११:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij