Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा सर्वोच्चमा रिट, मंगलबार पेशी

हवाई यातायात सुरक्षित बनाउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा सर्वोच्चमा रिट, मंगलबार पेशी

  • शुक्रवार, माघ २० २०७९

  • 1.9K
    SHARES

  • हवाई यातायात सुरक्षित बनाउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीद्वारा सर्वोच्चमा रिट, मंगलबार पेशी
    काठमाडौं । कानुनी, प्राविधिक एव संरचनागत क्षमता अभावले अत्यधिक हवाई दुर्घटना हुने गरेको भन्दै नेपालको हवाई यातायातलाई सुरक्षित बनाउन  माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
     
    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार दायर गरेको रिट निवेदनको पेशी माघ २४ गते मंगलबारलाई तोकिएको निवेदक त्रिपाठीले जानकारी दिनुभयो ।
     
    रिटमा निवेदकले विशेषज्ञहरूको उच्चस्तरीय  समिति गठन गरी उड्डयन क्षेत्रसँग विद्यमान  कानुन, नियम, सुरक्षा मापदण्डहरूको पुनरावलोकन गर्न माग गरेका छन् । त्यस्तै विशेषज्ञ समितिको सिफारिस बमोजिम हवाई यातायातको सञ्चालन सम्बन्धी  विद्यमान कानुन, नीति एव हवाई सुरक्षा मापदण्डहरूको संशोधन एव परिमार्जन गर्नुपर्ने निवेदकको माग छ ।


    शुक्रवार, माघ २० २०७९०५:३५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij