Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भक्तपुर हत्याकाण्ड : श्रीमती र छोराको हत्यापछि आत्महत्या !

भक्तपुर हत्याकाण्ड : श्रीमती र छोराको हत्यापछि आत्महत्या !

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.1K
    SHARES

  • भक्तपुर हत्याकाण्ड : श्रीमती र छोराको हत्यापछि आत्महत्या !

    काठमाडौं । भक्तपुरको सामूहिक हत्या प्रकरणमा घरमुली सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको प्रहरीको आशंकालाई पोस्टमार्टम रिपोर्टले बल पु¥याएको छ ।

    भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कुन्डोलका ३६ वर्षीय सुदीप, उनकी पत्नी ३४ वर्षीय सम्झना र छोरा १५ वर्षीय सुशान्तको २६ भदौमा घरभित्रै शव भेटिएको थियो ।

    प्रारम्भिक अनुसन्धानपछि प्रहरीले सुदीपले श्रीमती र छोराको हत्या गरेर विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो ।

    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पोस्टमार्टम रिपोर्टले आमाछोराको धारिलो हतियार प्रहारबाट मृत्यु भएको निष्कर्ष निकालेको छ ।

    काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमले पनि त्यही देखाएको छ । सम्झनाको मृत्युको कारणमा ‘बल्ट फोर्स इन्जुरी अन हेड’ भनिएको छ । साथमा टाउकोमा तीन पटक छुरा प्रहार भएको रिपोर्टमा उल्लेख छ ।

    छोराको भने घाँटी रेटेको पाइएको छ । अनुसन्धान अधिकृतहरुका अनुसार छोरा १५ वर्षीय सुशान्तको भने हत्याअघि संघर्ष भएको हुनसक्ने देखिएको छ । प्रहरीले सुशान्तको शव घोप्टो परेको अवस्थामा भेटेको थियो ।

    घाँटी रेटेपछि उनको टाउकोमा पनि चारपटक प्रहार गरेको पाइएको बताइएको छ । सुदीपको मृत्यु भने ‘सल्फस’ नामक विष सेवन गरेर भएको पाइएको छ ।

    आमाछोराको हत्यापछि २४ देखि ४८ घन्टाको बीचमा सुदीपले आत्महत्या गरेको हुनसक्ने रिपोर्टले देखाएको छ ।

    बस्तुस्थितिको विश्लेषणका आधार प्रहरीले तयार पारेको प्रतिवेदनले सुदीपले २४ भदौमा १२ देखि २ बजेसम्मको अवधिमा आमाछोराको हत्या गरेको हुनसक्ने देखाएको छ ।

    भोलिपल्ट उनले बिहान ४ः१३ बजे मोबाइल स्विचअफ गरेका छन् । त्यहीपछि उनले विष सेवन गरेको हुनसक्ने प्रहरी आशंका छ ।

    प्रहरीका अनुसार घरको पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको हत्या भएको थियो । केही सयमअघि पूजाका लागि भनेर किनेको कपडा आमाछोराको शवमा ओढाएका थिए ।

    त्यसपछि सुदीपले विष सेवन गरेको हुनसक्ने आशंका गरिएको छ ।

     


    बुधवार, भाद्र ३१ २०७७०७:०७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij