Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मंसिर ४ को निर्वाचनमा ६ अर्ब ५० करोड खर्च

मंसिर ४ को निर्वाचनमा ६ अर्ब ५० करोड खर्च

  • शुक्रवार, माघ २० २०७९

  • 355
    SHARES

  • मंसिर ४ को निर्वाचनमा ६ अर्ब ५० करोड खर्च

    काठमाडौं। निर्वाचन आयोगले गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको प्रारम्भिक खर्च विवरण जानकारि गराएको छ। जसअनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ६ अर्ब ५० करोड रकम खर्च भएको आयोगले जनाएको छ।

    आज आयोजित एक कार्यक्रममा निर्वाचन आयोगले प्रारम्भिक अनुमानमा उक्त रकम खर्च भएको बताएको हो। अब करिब ५० करोड भुक्तान गर्न बाँकी रहेको जनाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले खर्च रकम ७ अर्ब नकट्ने बताउनुभयो ।

    निर्वाचनका लागि आयोगलाई १० अर्ब रूपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये ८ अर्ब ४९ करोड ९९ लाख निकासा भएको थपलियाले बताउनुभयो ।

    हालसम्म भएको खर्चमा आयोगतर्फ १ अर्ब ३३ करोड ९७ लाख रहेको छ। यस्तै, जिल्ला निर्वाचन कार्यालयतर्फ ४४ करोड ९० लाख, १६५ वटा निर्वाचन कार्यालयतर्फ ४ अर्ब ५९ करोड ८४ लाख र अन्य मन्त्रालयतर्फ ११ करोड ७५ लाख रहेको आयोगले जनाएको छ।


    शुक्रवार, माघ २० २०७९०१:३४:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij