Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

सांसद चौधरी रिहाइ गर्न नागरिक उन्मुक्तिले दियो २४ घन्टे अल्टिमेटमसहित चेतावनी

सांसद चौधरी रिहाइ गर्न नागरिक उन्मुक्तिले दियो २४ घन्टे अल्टिमेटमसहित चेतावनी

  • बिहिवार, माघ १९ २०७९

  • 310
    SHARES

  • सांसद चौधरी रिहाइ गर्न नागरिक उन्मुक्तिले दियो २४ घन्टे अल्टिमेटमसहित चेतावनी

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ।

    पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएउनुभएको छ ।

    'उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको यो बीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडेका छन्। त्योबीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो? आज नागरिक उन्मुक्ति पार्टीबाट संघमा विजयपश्चात् यो मुद्दा किन उठ्यो पूर्वाग्रही आँखाले किन हेरियो?,' विज्ञप्तिमा भनिएको छ।

    सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको ऐन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गरेको छ।

    राज्यले जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास नगरोस् भन्दै नागरिक उन्मुक्ति पार्टीलाई आन्दोलनका निम्ति तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएको छ।


    बिहिवार, माघ १९ २०७९०७:०४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij