काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी सरकारबाट आजै बाहिरिने संकेत गर्नुभएको छ । उहाँले आज पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्नुअघि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई फोन गर्नुभएको छ ।
रविले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं भनेर आफूलाई पनि फोन गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बैठकमा जानकारी दिनुभएको छ ।
सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएको थियो । त्यही कारण उपप्रधान तथा गृहमन्त्री पद समेत गुमाउन पुग्नुभएका उहाँले आइतबार नागरिकता लिएसँगै पुनः मन्त्री बनाउन दबाव दिँदै आउनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सकारात्मक नदेखिएपछि लामिछाने सरकारबाटै हट्ने तयारीमा हुनुहुन्छ ।
रविले आजै सामाजिक सञ्जालमा लेखेको स्टाटसबाट पनि रास्वपा सरकारबाटै बाहिने संकेतका रुपमा बुझ्न सकिन्छ ।