Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लामो दूरीका सवारी साधनमा जोर–बिजोर प्रणाली लागू नहुने

लामो दूरीका सवारी साधनमा जोर–बिजोर प्रणाली लागू नहुने

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.0K
    SHARES

  • लामो दूरीका सवारी साधनमा जोर–बिजोर प्रणाली लागू नहुने

    काठमाडौं । शुक्रबारदेखि सुचारु हुन लागेका लामो दूरीका सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू नहुने भएको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू नहुने जानकारी दिनुभयो ।

    मन्त्रिपरिषद्को मंगलबारको बैठकले असोज १ गतेबाट लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन खुला गर्ने निर्णय गरेको हो ।

    गत चैत ११ गतेदेखि लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुन सकेका छैनन् । विभागका महानिर्देशक हमालले पूर्ण निषेधाज्ञा रहेका जिल्लामा तत्काल लामो दूरीका सवारी साधन सञ्चालन नहुने बताउनुभयो ।

    गृह मन्त्रालयका अनुसार अहिले करिब दुई दर्जन जिल्लामा पूर्ण निषेधाज्ञा र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा छ ।

    धनुषा, पर्सा, महोत्तरी, बारा, सिराहा, रौतहट, सिन्धुपाल्चोक, अर्घाखाँची, कञ्चनपुर, संखुवासभा, रुपन्देही, चितवन, कपिलबस्तु, बझाङ, बाग्लुङ, गुल्मी, पाँचथर, तेह्रथुम र मकवानपुरलगायत जिल्लामा पूर्ण निषेधाज्ञा छ ।

     


    बुधवार, भाद्र ३१ २०७७०५:२६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij