काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने संकेत गरेको छ।
सरकारमा बस्ने या नबस्नेबारे निर्णय गर्न रास्वपाले अहिले अपराह्न साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। उक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गर्ने अनुमान गरिएको छ।
आजै रास्वपाका सभापति रवि लामिछानेले पनि सरकारबाट बाहिरिने संकेत गर्नुभएको छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अब मौन नबस्ने बताउनुभएको छ । लामिछानेले आफू अभिमन्यु नभएको पनि बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
संसदमा १९ जना सांसद भएको रास्वपाले सत्ता गठबन्धनको भागबन्डामा उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको थियो।