Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रास्वपा बैठकको समय सारियो, बैठक आजै अपराह्न साढे ४ बजे बस्ने

रास्वपा बैठकको समय सारियो, बैठक आजै अपराह्न साढे ४ बजे बस्ने

  • बिहिवार, माघ १९ २०७९

  • 421
    SHARES

  • रास्वपा बैठकको समय सारियो, बैठक आजै अपराह्न साढे ४ बजे बस्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको समय सारिएको छ ।

    आज दिउँसो ३ बजेका लागि निर्धारित बैठक आजै अपराह्न साढे ४ बजे बस्ने गरी तय गरिएको हो । केन्द्रीय कार्यालय वसुन्धरामा बैठक बस्ने पार्टीले जनाएको छ ।

    सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसँगै मन्त्री पद गुमाउनुभएको थियो । लामिछानेको नागरिकता पुनः कायम भइसकेको छ । त्योसँगै उहाँलाई पुनः उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गर्न अस्वीकार गरिरहनुभएको छ ।

    यस्तो अवस्थामा सरकारमै बस्ने वा सरबारबाट बाहिरिने भन्ने विषयमा रास्वपाले निर्णय गर्ने बताइएको छ ।


    बिहिवार, माघ १९ २०७९०३:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij