काठमाडौं । सत्तारुढ नेपमल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामि शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ ।
गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ ।
शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वरको पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाइ छ । पार्टी एकतापछि पेरिसडाँडामा पहिलोपटक नेकपाको बैठक बस्न लागेको हो ।
नेकपाका अधिकांश वैठक पूर्वएमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्दै आएका छन् ।