Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देशमा पश्चिमी वायुको प्रभाव, यस्तो रहने छ आजको मौसम

देशमा पश्चिमी वायुको प्रभाव, यस्तो रहने छ आजको मौसम

  • बिहिवार, माघ १९ २०७९

  • 475
    SHARES

  • देशमा पश्चिमी वायुको प्रभाव, यस्तो रहने छ आजको मौसम
    काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू—भागहरूमा आंशिक बदली रहेको छ । तराईका  केही  भू—भागहरूमा हल्का हुस्सु लागेको छ ।
     
    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू—भागहरूमा  आंशिक बदली रही बाँकी भू—भागमा  मौसम सामान्यतया सफा रहनेछ। राती  प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रहनेछ।
     
    तराईका भू—भागहरूमा बिहानीपख लागेको हुस्सु दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। 
     


    बिहिवार, माघ १९ २०७९०६:२४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij