Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्धको उजुरी लिएन प्रहरीले

रवि लामिछानेविरुद्धको उजुरी लिएन प्रहरीले

  • मंगलवार, माघ १७ २०७९

  • 1.2K
    SHARES

  • रवि लामिछानेविरुद्धको उजुरी लिएन प्रहरीले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

    खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पग्नुभएको थियो । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

    काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो ।

    लामिछानेले अमेरिकी नागरिक रहेका बेला नेपालको पुरानो नागरिकतालाई प्रयोग गरेर १२ जेठ २०७२ मा नेपाली पासपोर्ट लिनुभएको थियो । सर्वोच्च अदालतको शुक्रबारको फैसलाअनुसार उहाँको त्यो नागरिकता २०७० मै खारेज भइसकेको थियो । त्यही कारण सर्वोच्चले उहाँको सांसद पद समेत खारेज गर्ने फैसला सुनाएको छ भने लामिछानेले पनि नयाँ नागरिकता लिनुभएको छ ।

    जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल नियन्त्रणमा लिन र आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउन माग गरिएको छ ।


    मंगलवार, माघ १७ २०७९०४:४६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij