Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुशासनलाई प्राथमिकतामा राखेर काम भईरहेको छ : प्रधानमन्त्री

सुशासनलाई प्राथमिकतामा राखेर काम भईरहेको छ : प्रधानमन्त्री

  • मंगलवार, माघ १७ २०७९

  • 497
    SHARES

  • सुशासनलाई प्राथमिकतामा राखेर काम भईरहेको छ : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

    नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई मङ्गलवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमाको व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    उहाँले श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्व भएको उहाँको भनाई छ ।

    ‘श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्व स्थापित गरिने र सञ्चारमाध्यम र कार्यरत सञ्चारकर्मीको सहयोगको अपेक्षा सरकारले गरेको छ’, प्रधानमन्त्रीले सरकारले अहिले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।

     


    मंगलवार, माघ १७ २०७९०१:०८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij