Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

हिमाल चढ्न आए बहराइनका राजकुमार, चढ्दैछन् यी दुई हिमाल

हिमाल चढ्न आए बहराइनका राजकुमार, चढ्दैछन् यी दुई हिमाल

  • बुधवार, भाद्र ३१ २०७७

  • 957
    SHARES

  • हिमाल चढ्न आए बहराइनका राजकुमार, चढ्दैछन् यी दुई हिमाल

    काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको टोली नेपालका दुई हिमाल आरोहणको सिलसिलामा नेपाल आइपुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उनीहरु आज दिँउसो काठमाडौं आइपुगेका हुन् ।

    उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाइ गरेको थियो ।

    बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । जहाज बहराइनबाट राती साँढे १२ बजे स्थानीय समयअनुसार काठमाडौंका लागि उडेको थियो ।

    दूतावासका अनुसार टोली नेपालमा दुई महिना बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यस आरोहणलाई टोलीले आगामि वसन्त ऋतुमा गर्न लागिएको सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।


    बुधवार, भाद्र ३१ २०७७०१:१७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij