Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

गृह मन्त्रालयबारे माओवादीको भनाइ के हो ?

गृह मन्त्रालयबारे माओवादीको भनाइ के हो ?

  • सोमवार, माघ १६ २०७९

  • 500
    SHARES

  • गृह मन्त्रालयबारे माओवादीको भनाइ के हो ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताउनुभएको छ ।

    सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले यस बिषयमा पार्टीमा छलफल नभएको बताउनुभयो । बैठकबाट निस्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे प्रश्न सोधका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘बनाएपछि थाहा हुन्छ’ भन्ने जवाफ दिनुभएको थियो ।

    अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतले शुक्रबार गृह मन्त्रालय सम्हालेका रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

    सर्वोच्चको फैसलापछि लामिछानेले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । उनको राजनीमा पछि गृह मन्त्रालय जिम्मेवारी प्रचण्ड स्वयंले सम्हालिरहेका छन् । पुनः नागरिकता प्राप्त गरेसँगै लामिछाने गृह मन्त्रालयमा दोहोरिन चाहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले निर्णय दिएका छैनन् ।


    सोमवार, माघ १६ २०७९०४:४७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij