Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्ने

  • सोमवार, माघ १६ २०७९

  • 579
    SHARES

  • माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गते (भोलि)का लागि सारिएको स्थायी समिति बैठक माघ १८ गते (पर्सी)का लागि बोलाउने निर्णय गरिएको हो ।

    पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

    नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो ।
    पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सीसम्मका लागि स्थगित गरिएको हो ।


    सोमवार, माघ १६ २०७९०४:११:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij