Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः लामिछाने

  • आइतवार, माघ १५ २०७९

  • 587
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ ।

    आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उहाँलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

    रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो ।

    रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।


    आइतवार, माघ १५ २०७९०५:०५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij