Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पासपोर्टमाथि छानबिन हुने संकेत पाएपछि रवि लामिछानेले विभाग पुगेर फिर्ता दिए

पासपोर्टमाथि छानबिन हुने संकेत पाएपछि रवि लामिछानेले विभाग पुगेर फिर्ता दिए

  • आइतवार, माघ १५ २०७९

  • 1.1K
    SHARES

  • पासपोर्टमाथि छानबिन हुने संकेत पाएपछि रवि लामिछानेले विभाग पुगेर फिर्ता दिए

    काठमाडौं । रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गर्नुभएको छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै लामिछानेले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गर्नुभएको हो ।

    राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।

    २१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिनुभएको थियो ।

    नेपाली राहदानी लिने बेलामा लामिछानेसँग अमेरिकी नागरिकता र अमेरिकी पासपोर्टसमेत रहेको पाइएको थियो । जसअनुसार राहदानी ऐन, २०७६ अनुसारको कसूरमा रविविरुद्ध अनुसन्धान पनि हुन सक्ने छ ।


    आइतवार, माघ १५ २०७९०४:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij