Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउँछौ : प्रधानमन्त्री प्रचण्ड

गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउँछौ : प्रधानमन्त्री प्रचण्ड

  • आइतवार, माघ १५ २०७९

  • 481
    SHARES

  • गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाउँछौ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताउनुभएको छ ।

    आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।उहाँले त्यसको प्रक्रियाबारे स्वास्थ्य मन्त्रालयमा बुझ्न केन्द्रका पदाधिकारीलाई सुझाव पनि दिनुभयो ।

    केन्द्रका पदाधिकारीले हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्नुपर्ने माग राखेका थियो । ती मागलाई सरकारले पनि गम्भीरतापूर्वक लिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले तानाशाही विरोधी, निरंकुशता विरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्व गंगालाल श्रेष्ठको नामबाट स्थापित हुनुको नाताले हृदय केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको बताउनुभयो ।

    आफ्नो दोस्रो प्रधानमन्त्रीकालमा स्वास्थ्य स्वास्थ्य वीमा लागू गरिएको र विभिन्न प्राणघातक रोगको उपचारमा जनतालाई राज्यले सहयोग गर्ने प्रबन्ध गरिएको बताउँदै उहाँले अब तेस्रो कार्यकालमा सातै प्रदेशमा मुटु रोग युनिट सहितका प्रदेश अस्पतालहरू निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    देशमा नयाँ उत्साह थप्नुपर्ने चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री बनेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी, विकास र समृद्धिका क्षेत्रमा केही नयाँ गरिने बताउनुभयो ।


    आइतवार, माघ १५ २०७९०१:३५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij