Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमण घट्दो, आज थपिनेको संख्या शून्य

नेपालमा कोरोना संक्रमण घट्दो, आज थपिनेको संख्या शून्य

  • शनिवार, माघ १४ २०७९

  • 377
    SHARES

  • नेपालमा कोरोना संक्रमण घट्दो, आज थपिनेको संख्या शून्य
    काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस कोभिड–१९ का संक्रमितको संख्या घट्दो अवस्थामा रहेको छ । देशभर फाट्टफुट्ट मात्र कोरोनाको संक्रमण पुष्टि हुने गरेको छ ।
     
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैमा पनि कोभिडको सङ्क्रमण पुष्टि भएन । ३३३ जनाको नमुना परीक्षण गर्दा सङ्क्रमण पुष्टि नभएको मन्त्रालयको भनाई छ । 
     
    यो अवधिमा देशभर कोरोनाका कारण मृत्यु पनि कसैको भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर तिन जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ५७ पुगेको छ ।
     
    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १५ रहेको मन्त्रालयले जनाएको छ ।
     
    नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार ९२ तथा एन्टीजेन विधिबाट १ लाख ५२ हजार २२० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ९ लाख ८९ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना संक्रमितको निको हुने दर ९८.८ प्रतिशत रहेको छ । 
     


    शनिवार, माघ १४ २०७९०४:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij