काठमाडौं । आज देशभर थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २ सय ३१ नमूना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २३१ परीक्षण गर्दा पाँच नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।यो अवधिमा पाँच जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ पुगेको छ।