काठमाडौं । कतारबाट १५० जना नेपाली स्वदेश फर्किएका छन् । आज दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौं आइपुग्नेमा एक बच्चा र १२ महिला पनि छन् ।
साथै, विमानमार्फत एउटा शवसमेत पठाइएको नेपाली दूतावासका तर्फबाट प्रोटोकल ड्युटीमा खटिएका द्वितीय सचिव भुवनप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
कोरोनाबाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको फारम भर्नुका साथै विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनुपर्छ । सोपश्चात् र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट निरन्तर चार्टर विमानमार्फत सहजीकरण उडान भइरहेको द्वितीय सचिव भट्टले बताउनुभयो ।