Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले लिए मातहतका कार्यालयको ब्रिफिङः ब्रिफिङपछि निर्देशनात्मक मन्तव्य राख्दै

प्रधानमन्त्री प्रचण्डले लिए मातहतका कार्यालयको ब्रिफिङः ब्रिफिङपछि निर्देशनात्मक मन्तव्य राख्दै

  • बुधवार, माघ ११ २०७९

  • 369
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले लिए मातहतका कार्यालयको ब्रिफिङः ब्रिफिङपछि निर्देशनात्मक मन्तव्य राख्दै

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले बुधबार आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिनुभएको हो ।

    ब्रिफिङमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

    ब्रिफिङमा कार्यालय प्रमुखहरूले आफ्नो मातहतका कार्यालयहरूको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहलहरू, कार्यालयका समस्याहरू र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले अर्को दिन बाँकी कार्यालय प्रमुखहरूको ब्रिफिङ सुनिसकेपछि निर्देशनात्मक मन्तव्य राख्ने बताइएको छ ।


    बुधवार, माघ ११ २०७९०३:३०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij