काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार नियुक्त हुनुभएको छ । हालै सरकारको प्रवक्तासमेत तोकिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएको हो । उहाँले मन्त्री सरहको सुविधा पाउने बताइएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिनुभएको हो ।
डा. खतिवडाले केही दिनअघि मात्र मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित हुनुभएका खतिवडाको समय ६ महिनाअघि नै सकिएको थियो । यद्यपि, उहाँ समय सकिएपछि पनि ६ महिना गैरसांसदको रुपमा मन्त्री रहनुभएको थियो ।