Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

लिम्पियाधुरासहित नेपालको क्षेत्रफल कति ? पाठ्यक्रम विकास केन्द्रले तयार पार्यो यति !

लिम्पियाधुरासहित नेपालको क्षेत्रफल कति ? पाठ्यक्रम विकास केन्द्रले तयार पार्यो यति !

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.5K
    SHARES

  • लिम्पियाधुरासहित नेपालको क्षेत्रफल कति ? पाठ्यक्रम विकास केन्द्रले तयार पार्यो यति !

    काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा आज सार्वजनिक ‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ ।

    पुस्तक लेखक मध्येका एक कोमलचन्द्र बरालका अनुसार पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा–लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू–भाग समावेश गरिएको छ ।

    यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन ।

    सरकारले गत ७ जेठमा सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा अनुसार पुस्तक तयार पारिएको हो ।

    राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय गरिसकेको छ ।

     


    मंगलवार, भाद्र ३० २०७७०६:२१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij