Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

दसैंका लागि टिकट बिक्री १५ असोजबाट खुल्ने, ‘भाडा दोब्बर बढाइने’

दसैंका लागि टिकट बिक्री १५ असोजबाट खुल्ने, ‘भाडा दोब्बर बढाइने’

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.1K
    SHARES

  • दसैंका लागि टिकट बिक्री १५ असोजबाट खुल्ने, ‘भाडा दोब्बर बढाइने’

    काठमाडौं । सरकारले लामो दूरीका सार्वजनिक यातायात ५ असोजबाट सञ्चालन गर्ने अनुमति दिएसँगै दसैँको लागि टिकट बिक्री १५ असोजबाट खुला गर्ने तयारी गरिएको छ ।

    यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी सरकारले लामो दूरीको सार्वजनिक सवारी चलाउने निर्णय गरेसँगै १५ असोजबाट अनलाइन टिकट बिक्री वितरण खुला गर्नका लागि तयारी सुरू गरेको बताउनुभयो ।

    निषेधाज्ञा खुले पनि कोरोना संक्रमणदर दिनप्रतिदिन बढिरहेको अवस्थामा सरकारले दसैँका लागि गाडीको टिकट किन्ने यात्रुहरूको भिडाभाड काउन्टरमा नहोस् भनेर अनलाइन टिकटको व्यवस्था गर्ने तयारी हो ।

    यस्तो अवस्थामा विभागले संक्रमणको थप जोखिम नहोस् भनेर सार्वजनिक यात्रुबाहक सवारीको सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ ।

    अरु बेलाको तुलनामा यस वर्ष विभागले औषत मूल्यको ५० प्रतिशतसम्म भाडा दर बढाउनसक्ने महानिर्देशक बस्नेतको भनाइ छ । ।

    यसैबीच, सरकारले ५ असोजदेखि हवाइ उडान संचालन गर्ने अनुमति दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले संचालन व्यवस्थापनका लागि आज र बुधबार बैठक बोलाएको छ ।

    प्राधिकरणका महानिर्देशक राजन पाखरेलले सरकारले अनुमति दिए पनि कुन–कुन क्षेत्रमा हवाइ उडान संचालन गर्ने भन्ने विषयमा आज र बुधबार छलफल गरेर मात्रै निर्णय लिइने बताउनुभयो ।

     


    मंगलवार, भाद्र ३० २०७७०३:०९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij