Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो : कोइराला

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो : कोइराला

  • आइतवार, माघ ८ २०७९

  • 387
    SHARES

  • प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो : कोइराला

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताउनु भएको छ ।

    पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताउनु भएको छ ।

    काठमाडौंमा आज आफ्नो पक्षको भेलामा शेखर कोइरालाले प्रधानमन्त्रीले मागेको विश्वासको मत विभाजनका क्रममा तटस्थ बस्नुपर्ने सुझाव दिएको पनि बताउनु भएको छ ।बहुमतको निणर्य मान्दा बाध्यतामा परेको पनि कोइरालाले बताउनु भएको छ ।

    कांग्रेस अहिले सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्न उठेको बेला कोइरालाको यस्तो अभिव्यक्ति आएको हो । सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

    कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत चार जना नेताले उक्त निर्णयमा असहमति जनाएका थिए । पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न कोइरालापक्षको बैडक बत्तीसपुतलीमा जारी छ ।


    आइतवार, माघ ८ २०७९१२:२९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij