Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पैसाको अभावमा उपचार नरोकिने उपायको खोजिमा छु : स्वास्थ्य मन्त्री गिरि

पैसाको अभावमा उपचार नरोकिने उपायको खोजिमा छु : स्वास्थ्य मन्त्री गिरि

  • आइतवार, माघ ८ २०७९

  • 479
    SHARES

  • पैसाको अभावमा उपचार नरोकिने उपायको खोजिमा छु : स्वास्थ्य मन्त्री गिरि

    काठमाडौं । स्वास्थ्य मन्त्री पदम गिरिले नागरिकको उपचार नै आफ्नौ सबैभन्दा पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको र त्यसको समाधानका लागि जटिलता पनि धेरै रहेकाले अहिले आफूले बोल्ने भन्दापनि काम गर्ने तर्फ लाग्ने उल्लेख गर्नुभयो ।

    स्वास्थ्य मन्त्री गिरिले गरिवीका कारण उपचार गर्दा गर्दै जीवन गुमाउनु परेका घटनाले आफूलाई मर्माहित गराएकाले आगामी दिनमा त्यस्तो अवस्था आउन नदिनका लागि के गर्न सकिन्छ भनेर आफूले उपायहरुको खोजी गरिरहेको पनि जानकारी दिनुभयो ।

    शिक्षा र स्वास्थ्यको जिम्मेवारी विस्तारै राज्यले लिनु पर्ने भएकाले त्यस तर्फको गृहकार्य पनि आफूले गर्ने उहाँको भनाई थियो ।

    ठूला रोग लाग्दा धेरै नेपालीले आफ्नो उपचार आफै गर्न नसक्ने अवस्था रहेकाले जतिसक्दो चाडो त्यसको अन्त्य गर्ने तर्फ आफु केन्द्रीत हुने उहाँले अठोट व्यक्त गर्नु भयो ।


    आइतवार, माघ ८ २०७९०८:३९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij