Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ओलीप्रति कटाक्ष गर्दै मेटमणिले भने– पूर्वप्रधानमन्त्री संविधान च्यात्न ढुकेर बसेका छन् 

ओलीप्रति कटाक्ष गर्दै मेटमणिले भने– पूर्वप्रधानमन्त्री संविधान च्यात्न ढुकेर बसेका छन् 

  • शनिवार, माघ ७ २०७९

  • 603
    SHARES

  • ओलीप्रति कटाक्ष गर्दै मेटमणिले भने– पूर्वप्रधानमन्त्री संविधान च्यात्न ढुकेर बसेका छन् 
    काठमाडौं । एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा पनि संविधान ध्वस्त पार्न सक्ने आरोप लगाउनुभएको छ ।
     
    प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा समर्थन गर्न रोष्टम पुग्नुभएका चौधरीले ओली ‘बकुल्लाले माछा ढुके झैँ संविधान च्यात्न ढुकिरहेको’ दाबी गर्नुभयो। 
     
    उहाँले ओलीप्रति लक्षित गर्दै आफूलाई सबैभन्दा माथि राख्ने प्रयास गर्दै संविधान मिच्ने कार्य भइरहेको बताउनुभयो। 
     
    उनले भने, ‘झुटलाई सत्य साबित गर्न हजारौं पटक प्रयास भइरहेको छ’, ओलीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘संविधान नजान्नेहरूले कोचिङ लिन जरुरी छ। प्रतिनिधि सभामा कोचिङ क्लासको व्यवस्था छैन होला तर आफ्नो तलब वा सेवा सुविधाबाट कटौती गरेर पठाउन आग्रह गर्दछु।’
     
    उहाँले अगाडि भन्नुभयो, ‘दुःखका साथ भन्छु आज पनि नेपालको संविधान खतरामा छ।’ यो संस्था र संविधान अन्तिम हुन पनि सक्ने उहाँको दाबी छ। उहाँले एक–पटक सिकार गरेकाले फेरि गर्न ढुकिरहेको हुने उहाँको भनाइ छ। नेपालको संविधान नष्ट पार्न पूर्व प्रधानमन्त्री ढुकेर बसेको उहाँले आरोप लगाउनुभयो। 
     
    उहाँले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मुक्ताकुमारी यादवलाई मतदान गर्न अनुरोध गर्नुभएको छ । नेता चौधरीले संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको उपसभामुखमा सांसद मुक्ताकुमारी यादव उपयुक्त हुने बताउनुभयो । ‘हाम्रो संविधानले भूगोल, जाति, लिङ्ग र वर्ग क्षेत्रको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । त्यसअनुसार हो भने झापाबाट सभामुख निर्वाचित हुँदा उपसभामुखका लागि मुक्ताकुमारी यादव योग्य हुनुहुन्छ । म उहाँलाई संविधानको व्यवस्थाबमोजिम यो सदनको उपसभामुखमा निर्वाचित गर्न आव्हान गर्दछु,’ चौधरीले अघि भन्नुभयो, ‘यदि होइन भने हामी नेपालको संविधानको व्यवस्था देखाउनकालागि हो, भन्नका लागि हो, कार्यान्वयन गर्नकालागि होइन भनेर घोषणा गरौँ ।’
     
    उहाँले सेटिङमा देश चलाउन चाहनेहरू सधैँ शक्तिशाली हुँदा संविधान र कानुनको शासन ओझेलमा परेको बताउनुभयो ।
     
     
     


    शनिवार, माघ ७ २०७९०२:५९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij