Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

शुरुकै सभामा सभामुख घिमिरेले यस्तो भने

शुरुकै सभामा सभामुख घिमिरेले यस्तो भने

  • शनिवार, माघ ७ २०७९

  • 398
    SHARES

  • शुरुकै सभामा सभामुख घिमिरेले यस्तो भने

    काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने बेलायती सिद्धान्तलाई अभ्यास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    निर्वाचित भएपछि शनिवार पहिलो पटक संसद बैठक सञ्चालन गर्दै सभामुख घिमिरेले संसदलाई रचनात्मक बनाउन लागिपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनतासमक्ष पुगेको हुन्छ भने प्रतिपक्ष दलहरु सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् । प्रतिपक्षको आवाजलाई उचित सम्बोधन गर्नका लागि संसदमा उसले तदअनुरुपको अवसर पाउनुपर्ने भएकोले बेलायतको संसदीय अभ्यासको क्रममा विकसित भएको सरकार सत्तापक्षको र संसद प्रतिपक्षको भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनुपर्छ भन्ने कुरामा पनि म सचेत रहेको छु ।’

    उहाँले संविधान कानुन र नियमावलीले निर्दिष्ट गरेको व्यवस्था अनुसार नै सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।


    शनिवार, माघ ७ २०७९०२:०३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij