Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

माधव नेपालको आक्रोश : घण्टीमा भोट किन मागेको? सबैलाई कारवाही गर्छु,

माधव नेपालको आक्रोश : घण्टीमा भोट किन मागेको? सबैलाई कारवाही गर्छु,

  • शनिवार, माघ ७ २०७९

  • 474
    SHARES

  • माधव नेपालको आक्रोश : घण्टीमा भोट किन मागेको? सबैलाई कारवाही गर्छु,

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घण्टीमा किन भोट मागेको भन्दै कार्यकर्तासमक्ष आक्रोश पोख्नुभएको छ ।

    आज रौतहट काठमाडौं सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत मंसिर ४ को निर्वाचनमा समानुपातिकतर्फ घण्टीमा भोट मागेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

    उहाँले कार्यकर्ताकै कारण समानुपातिकमा एकीकृत समाजवादीले थ्रेस होल्ड नकटाउँदा राष्ट्रिय पार्टी बन्न नसकेको आरोप लगाउनुभयो।

    पार्टी राष्ट्रिय बन्न नसकेपछि एकीकृत समाजवादीले पाएको मत नै चित्तबुझ्दो नभएको भन्दै कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

    उहाँले काम धेरै गरेपनि प्रचार हुन नसकेकोमा आक्रोशित बन्नुभयो ।उहाँले आक्रमक रुपमा प्रचार नहुँदा जस अरुले लिएको टिप्पणी गर्नुभयो ।


    शनिवार, माघ ७ २०७९०१:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij