Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

तीन दिनसम्म लगातार झरी पर्ने : इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा भयो ‘अति भारी’ वर्षा

तीन दिनसम्म लगातार झरी पर्ने : इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा भयो ‘अति भारी’ वर्षा

  • मंगलवार, भाद्र ३० २०७७

  • 2.1K
    SHARES

  • तीन दिनसम्म लगातार झरी पर्ने :  इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा भयो ‘अति भारी’ वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा आगामी तीन दिन झरीसँगै भारी वर्षा हुने भएको छ ।

    मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ रहेका कारण आगामी तीन दिनसम्म झरीसँगै ठाउँ ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ ।
    नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी)वर्षा भएको छ ।

    यस्तै झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास पनि मध्यम देखि ठूलो बर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत झापा ,मोरङ सुनसरी भई बहने स(साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले १२ बजे सम्म सतर्क रहन आह्वान गरिएको छ ।

    यस्तै चितवन, कास्की लगायतका जिल्ला तथा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार नारायणगढ(मुग्लिन सडक खण्डको कालिखोला र आसपास ‘अति ठूलो’ वर्षा भएको छ ।

    भारी वर्षाका कारण विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     


    मंगलवार, भाद्र ३० २०७७०८:१२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij