Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

नेमकिपा नै प्रमुख प्रतिपक्षी दल हो, घोषणा गर्नुपर्छ : प्रेम सुवाल

नेमकिपा नै प्रमुख प्रतिपक्षी दल हो, घोषणा गर्नुपर्छ : प्रेम सुवाल

  • बिहिवार, माघ ५ २०७९

  • 250
    SHARES

  • नेमकिपा नै प्रमुख प्रतिपक्षी दल हो, घोषणा गर्नुपर्छ : प्रेम सुवाल

    काठमाडौं ।नेपाल मजदुर किसान पार्टी नेमकिपा का सांसद प्रेम सुवालले नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गर्नुभएको छ ।

    प्रतिनिधि सभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको दावी गर्दै प्रमुख प्रतिपक्षी दल नेमकिपा नै रहेको दावी गर्नुभयो ।

    उहाँले कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा जिकिर समेत गर्नुभयो । सत्ता पक्षसँग पदको साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी बन्न नसक्ने भन्दै संघीय कानुन बमोजिम विपक्षी दल तोकेर मात्र संसद चलाउनुपर्ने उहाँको माग छ ।

    चीनमा चिनियाँ कम्युनिस्ट पार्टी बाहेक ८ वटा दल रहेको र उनीहरुलाई सरकारका सहयोगी दल भन्ने गरिएको भन्दै उहाँले नेपालमा पनि यस्तै राजनीतिक प्रणाली ल्याउन खोजिएको हो भनेर प्रश्न गर्नुभयो।


    बिहिवार, माघ ५ २०७९०१:४७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij