Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने

कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने

  • बुधवार, माघ ४ २०७९

  • 266
    SHARES

  • कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने

    काठमाडौं । कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ। आज दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थनबाट न्यौपानेले २४ मत पाएर निर्वाचित हुनु भएको हो।

    कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बन्नुभएको थियो। ४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत पर्‍यो भने १ जना तटस्थ बसे।

    न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एकरएक जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

    यसअघि आइतबार प्रदेशभाले एमालेकी नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो। कर्णाली प्रदेशमा सत्ता गठबन्धनमा माओवादीले मुख्यमन्त्री, एमाले सभामुख र माओवादीले उपसभामुख लिने सहमति भएको थियो।


    बुधवार, माघ ४ २०७९०२:५७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij