Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने

  • बुधवार, माघ ४ २०७९

  • 273
    SHARES

  • मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने

    काठमाडौं। नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार कांग्रेसले जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय भएको छ।

    आज प्रदेशसभाको बैठकमा बोल्दै सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भएको हो ।

    उहाँले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्दै अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।


    बुधवार, माघ ४ २०७९०२:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij